कांग्रेस संसदीय दलको कार्यसमितिमा चार सदस्य मनोनित


काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको कार्यसमितिमा चार जना सदस्य मनोनित गरिएको छ ।

पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले बुधबार संसदीय दलको कार्यसमितिमा चार जना सदस्य मनोनित गरेका हुन् ।

संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १० को उपधारा २ (ग) बमोजिम उमेश श्रेष्ठ (ललितपुर), डा डिला संग्रौला पन्त (मोरङ), देवप्रसाद तिमिल्सिना (रौतहट) र पार्वता डिसी चौधरी (दाङ) लाई दलको कार्यसमिति सदस्य पदमा मनोनित गरिएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?