उत्कृष्ट खेलाडीको अवार्ड रोनाल्डोलाई


काठमाडौं । पोर्चुगिज फुटवल स्टार क्रिस्टियानो रोनाल्डोले सन् २०१८ को ‘ग्लोब सकर अवार्ड’मा उत्कृष्ट खेलाडीको पुरस्कार पाएका छन् ।

बिहीबारराति दुबईमा भएको समारोहमा युभेन्टसका खेलाडी रोनाल्डोलाई अघिल्लो वर्षको उत्कृष्ट खेलाडीको अवार्ड प्रदान गरिएको हो ।

रोनाल्डोले सन् २०१८ को उत्कृष्ट गोलकर्ताको अवार्ड पनि जितेका छन् । च्याम्पियन्स लिगमा रियल मड्रिडबाट युभेन्टसविरुद्ध गरेको उनको गोल उत्कृष्ट ठहरिएको हो ।

वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड भने विश्वकपको उपाधि दिलाउने फ्रान्सका डिडीयर डेस्च्याम्पले पाए ।
वर्ष २०१८ को उत्कृष्ट क्लबको अवार्ड भने एथ्लेटिको मड्रिडले जितेको छ ।

एसी मिलान, रियल मड्रिड, रोमा र युभेन्टसको प्रशिक्षक बनिसकेका फाबियो कापेलो ‘करियर कोच अवार्ड’बाट हात पारेका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?