चार किलो सुनसहित तीनजना पक्राउ


धादिङ । प्रहरीले धादिङको गजुरीबाट चार किलो सुनसहित तीनजना पक्राउ गरेको छ ।

बिहीबार राति गजुरी गाउँपालिका–१, सिद्धेश्वरी मन्दिर अगाडिबाट दुईवटा मोटरसाइकलमा आएका युवालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा रसुवाका २७ वर्षका अजित वाइबा, नुवाकोट तार्केश्वरी गाउँपालिकाका २२ वर्षका सुरेन्द्र तामाङ र २४ वर्षका विकास तामाङ रहेका छन् ।

उनीहरुको साथबाट चार किलो सुनसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

उनीहरु आएको बा ८७ प ७७३१ र प्रदेश नम्बर ३, ०२–००३ प २५४० नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?