वाइडबडी विमान अनियमितता ढाकछोप गर्न खोजियो : नेता पौडेल


दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाइडबडी विमान प्रकरणमा संसदले छानविन गरिरहेको अवस्थामा सरकारले छानविन समिति बनाएर ढाकछोप गर्न खोजेको बताएका छन् ।

तनहुँको दुलेगौंडामा आयोजित कांग्रेसको कार्यक्रममा बोल्दै पौडेलले प्रधानमन्त्रीले लेखा समिति अन्तर्गतको उपसमितिलाई अपमान गरेको आरोप लगाए ।

पौडेलले राजनीतिका लागि मात्र नेताहरू तीनतिर हुने तर ठूला ठूला काण्डमा सँगै हुने त होइनन् भनी शंका व्यक्त गरे ।
पौडेलले महासमिति पछि देशभर पार्टी एक भएको सन्देश गएको बेलामा फेरि पार्टीमा लफडाको तयारी भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?