मन्त्री अधिकारीले राजीनामा दिनुपर्ने माग


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले वाइडबडि खरिद प्रकरणमा मुछिएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले राजीनामा दिनुपर्नेमा माग राखेका छन् ।

शुक्रबार राष्ट्रिय सभाको बैठकका विशेष समय लिएर बोल्दै नेपाली कांग्रेस राष्ट्रियसभाकी सांसद विन्दादेवी आलेले वाइडबडी विमान खरिद प्रकरणमा मुछिएका मन्त्री अधिकारीले तत्काल राजीनामा दिननुपर्ने माग राखिन् ।

संघीय संसदको सार्वजनिक लेखा समिति अन्तरगतको उपसमितिले समितिमा बुझाएको प्रतिवेदनमा दोषी देखिएका मन्त्री अधिकारीले वाइडबडी विमान खरिदमा भएको अनियमिततासम्बन्धी छानबिन कार्यलाई सहज बनाउन पनि तत्काल पदबाट राजीनामा दिनुपर्ने उनको तर्क छ ।

४ अर्ब ३५ करोड वाइडबडी विमान खरिद प्रकरणका दोषीलाई कारबाही गर्नुको साटो छानबिन समिति गठन गरेको भन्दै सरकारको पनि उनले चर्को आलोचना गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?