श्रीमतीको हत्या


परासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–२ मा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेको घटना बाहिर आएको छ ।

स्थानीय २१ वर्षीया कमला चौधरीको आफ्नै श्रीमानले हत्या गरेका हुन् । कमला गत पुस ४ गतेबाट हराइरहेकी थिइन् ।

श्रीमान सुनिलले आपसी मनमुटावका कारण श्रीमतीको आफैँले हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

कमलाको पुस १७ गते जंगलमा शव फेला परेपछि प्रहरीले अनुसन्धान थालेको थियो । घाँस दाउरा गर्न गएका स्थानीयवासीले बर्दघाटको चिसापानी जंगलमा उनको शव फेला पारेपछि अनुसन्धानको क्रममा उनकै श्रीमान सुनिलले हत्या गरेको रहस्य खुलेको हो । उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?