आर्थिक वृद्धिदर ८ प्रतिशत पुग्ने प्रधानमन्त्रीको दाबी


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०७५/०७६ मा आर्थिक वृद्धिदर ८ प्रतिशत पुग्ने दाबी गरेका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले अन्तर्राष्ट्रिय मुद्राकोषले समेत आर्थिक वृद्धिदर ६.५ प्रतिशत पुग्ने बताएकाले मुलुको आर्थिक अवस्था सकारात्मक दिशामा अघि बढेको बताए ।

उनले मूल्यवृद्धि ४.२ बाट ३.७ मा सीमित गरेको दावी गरे । त्यस्तै प्रधानमन्त्रीले सरकारी खर्च ३४ प्रतिशतबाट घटाएर १४ प्रतिशतमा सीमित गरेको जानकारी दिए ।

उनले देशमा गत वर्षको तुलनामा यस वर्ष महंगी घटेको समेत उनले दाबी गरे । ओलीले भने, ‘गत वर्ष ४ दशलम २ प्रतिशत महंगी थियो । यस वर्ष ३ दशमल ७ प्रतिशतमात्र रहेको छ ।’
राजश्व शंकलनमा ३२ प्रतिशतले बृद्धि भएको बताउँदै प्रधानमन्त्री ओलीले चालु सरकारी खर्च ३४ बाट १४ प्रतिशतमा झरेको जानकारी दिए ।

कुल वैदेशिक सहयता १ सय ६२ दशमलब ७२ प्रतिशतले बृद्धि भएको प्रधानमन्त्रीले बताएका छन् ।

उनले सामाजिक सुरक्षाभत्तामा समेत वृद्धि भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?