धैर्य गरौं रेल आउँछ : प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पानी जहाज कार्यालय स्थापनाको तयारी भइरहेको बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको संसदलाई सम्बोधन गर्दै उनले रेल र पानी जहाजको आफ्नो सपनालाई तुवालोमा पुर्ने प्रयास भइरहेको बताए ।

ओलीले भने, ‘यहाँ कागजको डुंगा फ्याकियो, गुडिया रेल खेलाइयो । अहिले साथीहरुले पानी जहाजको टिकट काटौं भनेको काउन्टर खोइ भनेको सुनियो ।’

हिजो पानी जहाज हुनसक्दैन भन्नेहरुले अहिले टिकट खोज्नु सकारात्मक भएको भन्दै उनले भने, ‘धैर्य गरौं, रेल आउँछ, पानी जहाज पनि चल्छ । टिकट काट्न पाइन्छ । म साथीहरुलाई ढुक्क हुन आग्रह गर्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?