डा.केसीका अधिकांश माग पूरा भएका छन् : मन्त्री बाँस्कोटा


काठमाडौं । सरकारले डा.गोविन्द केसीका अधिकांश मागहरु पूरा भइसकेको बताएको छ ।

बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एवं सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले केसीका माग पूरा भइसकेको बताए ।
पत्रकार सम्मेलनमा उनले भने, ‘उहाँका अधिकांश माग पूरा भएका छन् ।’

संसदको शिक्षा तथा स्वास्थ्य समितिका योगेश भट्टराईको बोलीलाई उद्धृत गर्दै बाँस्कोटाले ९५ प्रतिशत माग पूरा भइसकेको बताए । बाँस्कोटाले नेपाल आयल निगममा दिगम्बर झाको राजीनामा स्वीकृत भई नयाँलाई जिम्मेवारी दिइसकेको बताए ।

अस्ट्रेलियाका लागि राजदूत लक्की शेर्पाको सन्दर्भमा प्रधानमन्त्रीले उनलाई निकास दिन आग्रह गरेको बताए । शेर्पाको बारेमा छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाइसकेको पनि बाँस्कोटाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?