पृथ्वीनारायण शाह नेपाल एकिकरणका नायक : प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वीनारायण शाह नेपाल एकिकरणका नायक भएको बताएका छन् ।
प्रज्ञा प्रतिष्ठान लगायतका संस्थाहरुले बिहीबार कमलादीमा आयोजना गरेको पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवशका अवसरमा आयोजित नेपाली राष्ट्रियता र पृथ्वीनारायण शाह विषयक प्रवचन गोष्ठीमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
‘बाइसे,चौवीसे टुक्रामा विभाजन भएको नेपाललाई एकिकरण गर्ने काम पृथ्वीनारायणले नै गरेका हुन्’ प्रधानमन्त्री ओलीले भने, ‘उनले एकिकरण नगरेको भए नेपाल राज्यका रुपमा उदाउने थिएन ।’
पृथ्वीनारायणले एकिकरण गरेकै कारण नेपाल स्वाधिन देशका रुपमा रहन सकेको प्रधानमन्त्री ओलीले बताए । ‘स–साना राज्यहरु एकतावद्ध भएपछि शक्तिशाली नेपाल बन्यो । जसले गर्दा दुनिंया ठुला साम्राज्यवादी शक्तिसंग नेपालले झुक्नु परेन । कसैको उपनिवेश स्विकार्नु परेन’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले पृथ्वीनरायणको योगदानलाई केही केही मानिसहरुले राजतन्त्रको कल्पना गर्नु दिवास्वपना मात्र भएको बताए ।
‘पृथ्वीनारायणका सन्तान हौं भन्दै राजतन्त्रको सपना देख्नेहरु बाटो लागे हुन्छ’ प्रधानमन्त्री ओलीले भने, ‘जन्मसिद्ध सर्वश्रेष्ठता अब नेपालीहरु स्विकार्दैनन् । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भइसकेको छ ।’
प्रधानमन्त्री ओली प्रज्ञा परिषरमा निर्मित महाकवी लक्ष्मी प्रसाद देवकोटा र कविशिरोमणी लेखनाथ पौडेलको सालिक पनि बिहीबार नै अनावरण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?