गरिबी निवारण कार्यक्रम अलपत्र, ४६ हजार सदस्य अन्योलमा


मुगु । जिल्लामा संचालित गरिबी निवारण कार्यक्रम अलपत्र परेको छ । गरिबी निवारण कोषले मुगुमा ४ सय ७८ सामुदायिक संस्था गठन गरेको थियो ।

कार्यक्रम अलपत्र परेपछि सामुदायिक संस्थामार्फत आयआर्जन र पूर्वाधारतर्फ लगानी भएको करिब ३२ करोड रकम जोखिममा परेको छ ।

सरकारले कात्तिकदेखि गरिबी निवारण कार्यक्रम खारेज गर्ने निर्णय गरेपछि आयआर्जन र पूर्वाधार विकासका कार्यक्रम अलपत्र परेका हुन् । आर्थिक वर्ष २०६१र६२ माघदेखि जिल्लामा कार्यक्रम सुरु गरिएको थियो । कार्यक्रम खारेज भएपछि सामुदायिक संस्थामा आबद्ध ९ हजार घरधुरीका करिब ४६ हजार सदस्य अन्योलमा परेका छन्
कान्तिपुर दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?