टोखाबाट पाँच लाख रुपैयाँसहित १६ जुवाडे समातिए


काठमाडौं । काठमाडौं महानगरीय प्रहरी वृत्त महाराजगञ्जले टोखा नगरपालिका–१० गणेशस्थानबाट पाँच लाख ३५ हजार ८ सय ४० रुपैयाँसहित १५ जुवाडेलाई नियन्त्रणमा लिएको छ ।

वृत्तअन्तर्गत महानगरीय प्रहरी वृत्त गोँगबुका प्रमुख मोहनविक्रम केसीको नेतृत्वमा खटिएको टोलीले गणेशस्थानको लोकबहादुर गुरुङको कोठाबाट ६ थान ताससहित बुधबार राति ९ बजे उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रोशन गुरुङ, रमेश परियार, मिलन सिलवाल, पुष्प गुरुङ, बुद्धि तामाङ, श्याम श्रेष्ठ, लोकबहादुर गुरुङ, खमबहादुर गर्भुजा, रामदेव रिमाल, कुमार ठकुरी, मुकुन्द भण्डारी, नारायण बुढाथोकी, होम गुरुङ, जमिरदिन मियाँ र गणेश घले छन् ।

विशेष सूचनाका आधारमा जुवा खेलिरहेको स्थानमा प्रहरीले छापा मार्दा ताससहित १५ जनालाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेकासँग बयान लिने काम भइरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?