हेर्नुहोस् बिहीबारको विदेशी मुद्राको भाउ


काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार अमेरिकी डलर १ को खरिददर १ सय १३ रुपैयाँ ६९ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ २९ पैसा तोकेको छ ।

यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ३० रुपैयाँ ४७ पैसा तोकिएको छ । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३९ पैसा तोकिएको छ ।

यस्तै युएई दिर्हामको भाउ बिहीबार एकको खरिददर ३० रुपैयाँ ९५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ११ पैसा तोकिएको छ ।

रिंगिट १ को खरिददर २७ रुपैयाँ ६७ पैसा र बिक्रीदर २७ रुपैयाँ ८१ पैसा तोकिएको छ ।
आज कुवेती दिनार १ को खरिददर ३७५ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ०१ पैसा छ । बहराइन दिनारको एकको खरिददर ३०१ रुपैयाँ ५२ पैसा तथा बिक्रीदर ३०३ रुपैयाँ १२ पैसा तोकिएको छ ।

यस्तै कोरियन वन एकसयको खरिददर १० रुपैयाँ १३ पैसा र बिक्रीदर १० रुपैयाँ १८ पैसा तोकिएको छ ।

बुधबारको तुलनामा सबै विदेशी मुद्राको भाउ बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?