प्रस्तावित राजदूतको संसदीय सुनुवाइ आजबाट हुँदै


काठमाडौं । सरकारले नियुक्तीका लागि सिफारिस गरेको पाँच राजदूतहरुको संसदीय सुनुवाइ बिहीबारबाट शुरु हुँदैछ ।

आज प्रतिनिधिसभा अन्तर्गतको संसदीय सुनवाइ समितिले थाइल्याण्डका लागि प्रस्तावित गणेशप्रसाद ढकाल र फ्रान्सका लागि प्रस्तावित दीपक अधिकारीको सुनवाइ प्रक्रिया शुरु गर्न लागेको हो ।

शुक्रबार बाँकी तीन प्रस्तावित राजदूतको सुनवाइ गर्ने बताइएको छ ।  सरकारले ढकाल र अधिकारीका साथै स्वीट्जरल्याण्डका लागि मणिप्रसाद भट्टराई, क्यानडाका लागि भृगु ढुंगान र कुवेतमा दुर्गाप्रसाद भण्डारीलाई राजदूत नियुक्तीका लागि र सिफारिस गरेको छ ।

पाँचैजना राजदूत विरुद्ध कुनै उजुरी नपरेकाले समितिले सिफारिस प्रक्रिया अघि बढाएको हो ।
सुनुवाइ प्रक्रिया सम्पन्न भएपछि नियुक्ति प्रक्रिया अगाडि बढ्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?