संविधान संशोधनलाई फेसनको विषय नबनाउनुस् : प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको विषयलाई फेसनको विषय बनाउन आग्रह गरेका छन् ।

शुक्रबार संसद बैठकमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले संविधानको विषय आवश्यकताको विषय भएको भन्दै यसलाई फेसनको विषय नबनाउन आग्रह गरे ।

संघीय समाजवादी फोरमका सांसद प्रदीप यादवले संविधान संशोधन कहिले हुन्छ भनि प्रधानमन्त्रीलाई गरेको प्रश्नमा प्रधानन्त्रीले भने, ‘संविधान भनेको देशका लागि, जनताको लागि बनाइएको हो । यो अपरिवर्तनिय पुरानो धर्मशास्त्र जस्तो छैन ।’

ओलीले सैद्धान्तिक हिसाबले संविधान संशोधन वा परिवर्तन गर्नुपर्नेमा जोड दिए ।
उनले जहिले संविधान संशोधनको औचित्य हुन्छ त्यस्तो बेलामा संशोधन गर्ने बताए ।

उनले राष्ट्रिय हित र आवश्यकतालाई मध्यनजर गरेर संविधान संशोधन गर्न सकिने भन्दै जनतालाई सम्मानित बनाउन, विकास बढाउन जहिले संशोधनको औचित्य हुन्छ त्यसबेला अनिवार्य पनि हुने भएकाले चिन्ता नगर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?