१० हजार रुपैयाँ घुससहित समातिए फरेष्टर


काठमाडौं । कैलालीको सवडिभिजन वन कार्यालय भजनीका फरेष्टर हरिशचन्द्र कुमार दश हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुरबाट खटिएको टोलीले उनलाई बिहीबार घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

अख्तियारद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ,‘फरेष्टर हरिशचन्द्र कुमारलाई सेवाग्राहीसँग १० हजार रुपैयाँ घुसबापतको रकम लिईसकेको अवस्थामा निजकै कार्यलयबाट २०७५ माघ ३ गते नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।’

फरेष्टर कुमारले सामुदायिक वनबाट उपभोक्ताहरुलाई झिझा दाउरा उपलब्ध गराउन सहज वातावरण मिलाईदिने भनेर घुस मागेको उजुरी परेपछि अख्तियारले उनीमाथि निगरानी बढाएको थियो ।

यसैक्रममा बिहीबार कञ्चनपुरबाट गएको अख्तियारको टोलीले उनलाई घुस लिईसकेको अवस्थामा पक्राउ गरेको थियो । उनीमाथि अहिले थप अनुसन्धान भइरहेको अख्तियारले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?