सालकको खपटासहित पक्राउ


काठमाडौं । प्रतिबन्धित सालकको खपटासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले स्वयम्भूस्थित भगवानपाउँबाट थानकोटका ३१ वर्षीय वसन्त तामाङलाई नियन्त्रणमा लिएको हो ।

काठमाडौं प्रहरी प्रवक्ता (डिएसपी) होविन्द्र बोगटीका अनुसार तामाङको साथबाट प्रहरीले दुईथान प्रतिबन्धित सालकको खपटा बरामद गरेको छ ।

साईटीस सन्धिअनुसार सालकको खपटा बेचविखन गर्न प्रतिबन्ध लगाइएको छ । तामाङले उक्त खपटा चितवनबाट ल्याएको प्रहरीलाई प्रारम्भिक बयान दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?