छायांकनको तयारीमा ‘नदेखिएको जात’


काठमाडौं । केही घटना यस्तो हुन्छन्, जसलाई देख्दा सामान्य लाग्छ । केही भोगाई यस्तो हुन्छन्, जो जीवनभर छायाँ बनेर पच्छ्याइरहेको हुन्छ । जसलाई सुन्दा कथाझै लाग्छ ।
भोगाई अरुका लागि कथा पनि हो । एउटाको भोगाई अरुले देख्ने हो, सुन्ने हो र मनन गर्ने हो । यस्तै एउटा अनौठो भोगाईका पात्र हुन् इलाम चुलाचुल्का वेदप्रसाद भुर्तेल । जसको भोगाई पर्दामा देखिने कथाझै बनेको छ ।
नेपाल अझैं पनि केही जातिहरु जातीय उत्पीडनको जातोमा घुन पिसिएझै भइरहेका छन् । तीनै उत्पीडित जातीको नाममा ब्रम्हलुट मच्चिएकै छ । राजनीति भएकै छ । र, एउटा ‘नदेखिएको जात’ जो उत्पीडनबाट मुक्ति खोजिरहेको छ । त्यही मुक्तिको खोजीमा छन् भुर्तेल पनि ।
इलामको चुलाचुली गाउँपालिका वडा नं. ३ का स्थायी बासिन्दा भुर्तेलको भोगाई सुने भन्दा फरक छ । २०४६ चैत १६ मा जन्मिएका भुर्तेल सानै उमेरदेखि कुसंस्कारको विरुद्ध लागे । समाजमा रहेको अन्धविस्वासको पर्खाल तोड्दै २०६८ को पुसमा अन्तरजातीय विवाह गरे ।
झापाको अर्जुनधाराकी निलम दर्जीसँग प्रेम विवाह गरेका भुर्तेलले आफ्नै गाउँ चुलाचुली पुगेर पुसमै विवाह दर्ता गरे । तर, दुर्भाग्य, सोही सालको चैतमा जिल्ला अदालत विराटनगरबाट सम्बन्ध विच्छेद भयो ।
वेदप्रसाद भुर्तेल २०६० सालतिर चलचित्र ‘मुक्ति’मा कलाकारको भुमिकामा देखिएका थिए । उनी त्यसभन्दा अघि २०५८ मा देउराली नाट्य समुहमार्फत नाटक गरेका थिए । अहिले उनी आफैं नेपाली चलचित्रको अभिनय गर्छन्, निर्देशन गर्छन् । त्यति मात्रै होइन, पटकथा आफैं तयार पर्छन् । यो उनीमा भएको खुबीको कुरा हो ।
उनले इलाहवाद, हैदरावाद लगायतका स्थानका पुगेर चलचित्र सम्बन्धी ज्ञान आर्जन गरेका छन् । त्यति मात्रै होइन, देशका विभिन्न स्थानमा कार्यक्रम सञ्चालन गर्ने दक्षता पनि उनीसँग छ । र, गरि पनि रहेका छन् । अहिले ‘नदेखिएको जात’ बन्दैछ । जसमा उनी आफैंले भोगेका घटना समेट्दै छन् ।
अहिले उनै निर्देशक भुर्तेलको ‘इन्काण्टर अफिसर’ प्रदर्शनमा नआउँदै ‘नदेखिएको जात’ बन्न लागेको हो । नदेखिएको जातको केही दिनपछि छायांकन पनि सुरु हुँदैछ ।
अन्तरजातीय विवाहपछि उत्पन्न भएका सामाजिक उत्पीडनलाई केन्द्रित रहेर बन्न लागेको नेपाली चलचित्र ‘नदेखिएको जात’ निर्माण गर्नुअघि भुर्तेलले चलचित्र ‘संजोग’, ‘मनशा’, ‘बुलेट’, ‘कुर्बान’ र ‘इन्काण्टर अफिसर’ जस्ता चलचित्रको निर्देशन गरिसकेका छन् ।
चलचित्र नदेखिएको जातको छायांकन ६ महिनामा सक्ने निर्माण पक्षको योजना छ । चलचित्रका निर्माता जिएन यादव हुन् । यसमा विरु गुरुङ, डिल्लीरमण खतिवडा, पोष्टबहादुर घिमिरे लगायतका कलाकार रहनेछन् ।
उनको आफैंले निर्देशनमा बन्न लागेको चलचित्र ‘नदेखिएको जात’ मा समाजमा संकुुचित भावनाबाट ग्रसितहरुको चेतना बृद्धिमा ठूलो सहयोग पुग्ने विषय समेटिने छ ।
‘नदेखिएको जात’ मा समाजमा संकुुचित भावनाबाट ग्रसितहरुको चेतना बृद्धिमा ठूलो सहयोग पुग्ने विषय समेटिने छ ।
वरिष्ठ संगीतकार सन्तोष श्रेष्ठले ‘रहर कहाँ छ र प्रिय’ र ‘सिरिरिर बतासै सररर’ बोलको गीतको संगीत गरिसकेका छन् भने बाँकी दुई वटा गीतको पनि श्रेष्ठले नै संगीत गर्ने छन् ।
‘रहर कहाँ छ र प्रिय’ र ‘सिरिरिर बतासै सररर’ बोलको गीत गोपाल बराइलीले लेखेका छन् । उनी नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य हुन् । यी गीत मुम्बईमा रेकर्ड गरिने अन्तिम तयारी भइरहेको निर्देशक भुर्तेल बताउँछन् । सो गीत रेकर्ड गरेकै दिनबाट चलचित्रको छायांकन हुने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?