मेलम्चीको ठेक्का रद्द


काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिएको इटालीको सीएमसी कम्पनीसँग ठेक्का रद्द गरेको छ ।

ठेक्का रद्द भएसँगै कम्पनीको धरौटी सरकारले जफत गर्ने भएको छ ।  कम्पनीले क्षतिपूर्ति माग गरेको ३६ करोड रुपैयाँ सरकारले नतिरेपछि कम्पनीमा आर्थिक संकट देखिएको भन्दै कम्पनीले सरकारलाई पुस २ गते क्षतिपूर्ति नतिरे काम गर्न नसक्ने बताउँदै पत्र पठाएको थियो ।

यसपछि आयोजनाको काम ठप्प पार्दै सीएमसीका प्रतिनिधि इटाली जान लागेको अवस्थामा खानेपानी मन्त्रालयले उनीहरुलाई रोकेको थियो । सीएमसीसँग ठेक्का तोडिएपछि अब अर्को निर्माण कम्पनीलाई टेन्डर दिइने खानेपानी मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?