संवैधानिक आयोगका ५ अध्यक्षको नाम सिफारिस


काठमाडौं । संवैधानिक परिषद्ले पाँच संवैधानिक आयोगका अध्यक्ष लागि नाम सिफारिस गरेको छ ।

परिषद्ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगका लागि शान्तराज सुवेदी र मधेशी आयोगका लागि डा. विजयकुमार दत्तको नाम सिफारिस गरेको हो ।

यस्तै परिषद्ले थारु आयोगमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगमा समिम अन्सारीलाई अध्यक्ष पदका लागि सिफारिस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?