रवि लामिछानेले निकितासँग विवाह गरे


काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने र चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग विवाह गरेका छन् ।

उनीहरुले सोमबार काठमाडौं जिल्ला अदालतमा गएर कानुनी रुपमा विवाह दर्ता गरेका हुन् ।
लामिछानेले आफ्नो फेसबुक पेजमा निकितासँगको फोटो राखेर लेखेका छन्, ‘व्यक्तिगत जीवनले नयाँ मोड लिएको छ । एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा आज निकिता पौडेल जी र मैले कानुनी रुपमा काठमाडौं जिल्ला अदालतमा विवाह दर्ता गराएका छौं ।’

उनले आफन्त तथा साथीभाइहरुबाट आशिर्वाद चाहेको पनि आफ्नो फेसबुक पेजमा लेखेका छन् ।

अहिले अदालती रुपमा विवाह गरे पनि परम्परागत रुपमा वैशाखमा विवाह गर्ने रवि लामिछानेले बताएका छन् ।
निकिता र रवि दुवै डिभोर्सी हुन् । रवि लामिछानेले केही समय पहिले पहिलो श्रीमती इशा लामिछानेसँग सम्बन्ध विच्छेद गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?