राष्ट्रियसभाको बैठक अर्को सोमबारसम्मका लागि स्थगित


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रियसभाको बैठक दोस्रो पटक पनि अवरोध गरेपछि बैठक आउँदो सोमबारसम्मका लागि स्थगित भएको छ ।

कांग्रेसका सांसदहरुले पार्टीका पूर्व सभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खोलिएको अस्पताल खारेज गर्न लागेको भन्दै सोमबार बोलाइएको दोस्रो बैठक पनि अवरुद्ध पारेका थिए ।

बैठक आगामी सोमबार १४ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।
कांग्रेस सांसदहरुले आ–आफ्नो ठाउँमा उभिएर अवरुद्ध पारेपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पहिलो बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए ।

आधाघण्टा पछि शुरु भएको दोस्रो बैठकमा पनि कांग्रेस सांसदहरुले फेरि उभिएर बैठक अवरुद्ध पारेका थिए ।

बसेर सहयोग गरिदिन पटकपटक अनुरोध गरेपनि सांसदहरुले बेवास्ता गरेपछि अध्यक्ष तिमिल्सिनाले बैठकको कार्यसूचि हटाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?