कांग्रेसद्वारा संसद अवरोध, बैठक १५ मिनेटका लागि स्थगित


काठमाडौं । प्रमुख विपक्षीदल नेपाली कांग्रेसले मंगलबारको बैठक पनि अवरोध गरेको छ ।

बैठकमा कांग्रेस सांसदहरुले सरकारमाथि दुई तिहाईको दम्भ देखाएको आरोप लगाएको छ ।
आफ्ना नेताद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेको अस्पताल बन्द गर्न खोजेको भन्दै कांग्रेसले लगातार संसद अवरुद्ध पार्दै आएको छ ।

मंगलबारको बैठक शुरु हुनासाथ कांग्रेस सांसदहरु उठेपछि सभामुख कृष्णबहादुर महराले प्रकाशमान सिंहलाई समय दिएका थिए ।

सिंहले दुबै अस्पताललाई संघीय सरकार मातहतमा ल्याउन निर्णय नभएसम्म संसद चल्न नदिने बताए ।
लगत्तै सांसदहरुले रोष्टम घेरेका थिए ।

बैठक चल्न नदिएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

यसअघि सोमबार पनि दुई पटकसम्म बैठक अवरोध गरेपछि आजका लागि सारिएको थियो ।
आज ‘शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस हुने कार्यसूची छ ।

तर कांग्रेस सांसदहरुले भने कांग्रेसका पूर्व सभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएका अस्पताल केन्द्र मातहत ल्याउनुपर्ने कांग्रेसको माग राखेको छ ।

यता सहमतिविपरीत सरकारले चिकित्सा शिक्षा विधेयक संसदमा पेस गर्न लागेको भन्दै डा.केसी गत पुस २५ देखि आमरण अनसनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?