प्रस्तावित ३ राजदूतको नाम अनुमोदन


काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित ३ राजदूतको नाम अनुमोदन गरेको छ ।

समितिको मंगलबार बसेको बैठकले कुवेतका लागि दुर्गाप्रसाद भण्डारी, क्यानाडाका लागि भृगु ढुंगाना र स्वीट्जरल्यान्डका लागि मणिप्रसाद भट्टराईको नाम अनुमोदन गरेको हो ।

तीनैजना राजदूतको सर्वसम्मतिले अनुमोदन भएको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । समितिले राजदूत सिफारिस गर्दा समावेशी रूपमा नगरेकोमा सरकारलाई सचेत गराउने र आगामी दिनमा सिफारिस गर्दा समावेशी रूपमा गर्न समेत निर्देश दिएको छ ।

यसअघि गत बिहीबारको बैठकले गणेशप्रसाद ढकाल थाइल्यान्ड र दीपक अधिकारी फ्रान्सका लागि राजदूतमा अनुमोदित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?