तत्कालिन लेखापाल ढकालविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं । न्याय परिषद् सचिवालयका तत्कालिन लेखापाल शिवहरि ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढकालविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

 

लेखापाल ढकालले परिषदमा रहदा तलबी भरपाईको जोडजम्मामा फरक पारी २४ लाख ४६ हजार २ सय २१ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले बताएको छ ।

 

आर्थिक वर्ष २०७२/०७३ मा लेखापरीक्षण हुँदा लेखापाल ढकालले भ्रष्टाचार गरेको खुलेको हो ।
परिषद् सचिवालयबाट उनी हाल खनियाबास गाउँपालिकाको कार्यालय, दार्खा, धादिङमा कार्यरत रहेका छन् ।

 

सचिवालयमा कार्यरत रहँदा सरकारी रकम तलबी भरपाई समेतका आधारमा बढी रकम भुक्तानी हुने गरी बदनियतसाथ उनले सो रकम झिकी हिनामिना गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

 

अख्तियारले सरकारी रकम दुरुपयोग गरी निजी प्रयोगमा लगाएको भन्दै ढकाललाई भ्रष्टाचार निवारण ऐन अनुसार बिगो र जरिवाना गर्न माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?