तीन राजदूतको संसदीय सुनुवाइ हुँदै


काठमाडौं । सरकारले प्रस्तावित तीन राजदूतको संसदीय सुनुवाइ आज गर्दैछ ।
संसदीय सुनवाई समितिले स्वीट्जरल्याण्ड, क्यानडा र कुवेतका लागि प्रस्तावित राजदूतको सुनवाई गर्न लागेको हो ।

मन्त्रीपरिषद बैठकले स्वीट्जरल्याण्डका लागि मणिप्रसाद भट्टराई, क्यानडाका लागि भृगु ढुंगाना र कुवेतमा दुर्गाप्रसाद भण्डारीलाई नियुक्तीका लागि सिफारिस गरेको थियो ।

तीनै जना राजदूत विरुद्ध कुनै उजुरी नपरेकाले समितिले आज नै नियुक्तीका लागि सिफारिस गर्ने समितिको तयारी गरेको छ ।

गत बिहीबार बसेको संसदीय सुनुवाई समितिले फ्रान्सका लागि प्रस्तावित दीपक अधिकारी र थाइल्याण्डका लागि प्रस्तावित गणेशप्रसाद ढकालको नाम अनुमोदन गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?