प्रतिनिधिसभा बैठकमा चिकित्सा शिक्षा विधेयक पारितसहितको सूची


काठमाडौं । सरकारले प्रतिनिधिसभाको आजको बैठकमा चिकित्सा शिक्षा विधेयक पारित कार्यसूची राखेको छ ।

सोमबारको संसद बैठक प्रमुख प्रतिपक्षी दल कांग्रेसले दुई पटकसम्म संसद अवरुद्ध गरेपछि बैठक आजसम्मका लागि स्थगित भएको थियो ।

आजको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ ।  बैठकमा चिकित्सा विधेयक पारित गर्ने कार्यसूचि रहेको छ ।

डा. गोविन्द केसीको अनसनकैबीच सरकारले चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेको छ ।

चिकित्सा विधेयकसँगै लोक सेवा आयोग विधेयक, नेपाल प्रहरी र प्रदेश प्रहरी, कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय विधेयक, विशेष आर्थिक क्षेत्र पहिलो संसोधन विधेयक र भूउपयोग विधेयक पनि आजको बैठकमा टेवल गर्ने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने आफ्नो माग पुरा नभएसम्म संसद बैठक अवरोध गर्ने बताउँदै आएको छ ।

कांग्रेसका पूर्व सभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएका अस्पताल केन्द्र मातहत ल्याउनुपर्ने कांग्रेसको माग राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?