बम्जनले बेपत्ता पारेको अनुयायी बारे प्रमाण खोज्दै प्रहरी


सिन्धुपाल्चोक
बम्जन आश्रमबाट अनुयायी बेपत्ता पारिएको भन्दै जाहेरी परेपछि सिन्धुपाल्चोक प्रहरी ठोस प्रमाण जुटाउन सक्रिय रहँदै आएको छ ।
पहिलो चरणमा बम्जनको बाँडेगाउँस्थित टोड्केभीर आश्रमबाट बेपत्ता भएका मकवानपुर हेटौँडाका सञ्चलाल वाइबालाई अनुसन्धानको केन्द्रमा राखिएको छ । सोही आश्रममा हत्यापछि उनलाई गाडिएको भन्ने समाचार सार्वजनिक भएपछि प्रहरीलाई मुद्दा बलियो बनाउन ठोस प्रमाण आवश्यक परेको हो ।
सञ्चलालका छोरा महेन्द्र वाइबाले सिन्धुपाल्चोक प्रहरीमा जाहेरी दिएका थिए ।

नागरिक पत्रिकाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?