विदेशी बैंकमा पैसा राख्नेमाथि सरकारले निगरानी राख्ने


काठमाडौं – व्यवसायी घरानाले स्विस बैंकमा पैसा राखेको समाचार प्रकाशित भएपछि प्रधानमन्त्री कार्यलयले सम्पत्ति शुद्धीकरण विभागलाई अनुसन्धान गर्न निर्देशन दिएको छ ।

प्रधानमन्त्री कार्यलयमातहत रहेका सम्पत्ति शुद्धीकरण तथा राजस्व अनुसन्धान महाशाखाले केही  दिनअघि पत्राचार गरी विभागलाई अनुसन्धान गर्न निर्देशन दिएको हो ।

विदेशी बैंकमा पैसा राखेको समाचार आएपछि प्रधानमन्त्री कार्यलयको ध्यानाकार्षण भएको र विभागलाई अनुसन्धानका लािग निर्देशन दिएको महाशाखाकाका उपसचिव लक्ष्मण खड्काले बताए । उनका अनुसार अनुसन्धानबाट प्राप्त रिर्पोटसमेत प्रधानमन्त्री कार्यालयलाई बुझाउन निर्देशन दिइएको छ ।

नागरिक पत्रिकाबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?