संसद भवनबाहिर प्रदर्शनकारी र प्रहरीबीच झडप


काठमाडौं । संसद भवनबाहिर प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा भएको प्रदर्शनमा झडप भएको हो ।

निषेधित क्षेत्र तोड्ने क्रममा प्रहरीले उनीहरुलाई रोकेको थियो । प्रदर्शनकारीले दुई सरकारी गाडी तोडफोडसमेत गरेका छन् ।
उनीहरुले अनसनरत डा.गोविन्द केसीको माग सम्बोधन गर्न माग राख्दै नाराजुलुस गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?