मेट्रो रेलको डीपीआरका लागि टेन्डर आह्वान


काठमाडौं । सरकारले काठमाडौंको सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोक रुटमा मेट्रो रेलको विस्तृत आयोजना प्रतिवेदन डीपीआरका लागि ग्लोबल टेन्डर आह्वान गरेको छ ।

कोरियन कम्पनीको सम्भाव्यता अध्ययनको आधारमा १२ किलोमिटर लामो यस रुटमा मेट्रो रेलको डीपीआर तयार गर्न रेल विभागले ग्लोबल टेन्डर आह्वान गरिएको हो ।

विभागले निकालेको ग्लोबल टेण्डर अनुसार इच्छुक कम्पनीले चैत ८ गतेसम्म दरखास्त दिनसक्ने विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए ।

आर्थिक र प्राविधिक प्रस्तावमा उत्कृष्ट ठहरिने कम्पनीले डीपीआर निर्माणको जिम्मा पाउने रेल विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?