सभामुखको भूमिका अन्यायपूर्ण : थापा


काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले सभामुख कृष्णबहादुर महराको भूमिका अन्यायपूर्ण भएको आरोप लगाएका छन् ।

डा.गोविन्द केसीको अनसन, चिकित्सा शिक्षा विधेयक तथा संसदमा देखिएको किचलोको सम्बन्धमा बिहीबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै सांसद थापाले सभामुखको पछिल्लो भूमिका आग्रहपूर्ण तथा न्यायसंगत नभएको आरोप लगाए ।

उनले सभामुखलाई सत्तारुढ पार्टीको संसद वा मन्त्रीले आदेश दिने र त्यसै अनुरुप सभामुखले संसद चलाउन खोज्नुले संसद सरकारको कुनै विभागीय कार्यालय जस्तो बन्न खोजेको बताए ।

उनले भने, ‘सभामुखमा नियुक्त भएपछि जोकेहीको पनि दलसँगको आवद्धता रहँदैन । अरुको निर्देशनमा चल्न खोजियो भने यसले हामीलाई पुरानै दिनमा फर्काइदिन्छ । सभामुखले विवेक पु¥याउनुपर्छ ।’

सत्तारुढ दलका सांसदले खुला मञ्चबाट, चोक चौताराबाट भोलि यसरी संसद चल्छ भनेर फतवा जारी गर्ने र सभामुख त्यसैगरी चल्दै जान खोज्नुले सार्वभौम संसदको सर्वोच्चातामाथि प्रश्न उठ्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?