आन्दोलनको बाटोमा नलाग्न कांग्रेसलाई नेता नेपालको आग्रह


पोखरा । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता माधवकुमार नेपालले प्रमुख विपक्षी दल नेपाली कांग्रेसलाई आन्दोलनको बाटोमा नलाग्न आग्रह गरेका छन् ।

पोखरामा पत्रकारहरुसँग कुरा गर्दै नेता नेपालले चिकित्सा शिक्षा विधेयक विधि र प्रक्रिया पु¥याएरै आएको भन्दै देश निर्माणमा जुट्नुपर्ने बेला आन्दोलन गर्ने कांग्रेसको सोच नै गलत भएको बताए ।

प्रतिपक्षलाई पन्छाउने सरकार र नेकपाको कुनै सोच नरहेको उनले बताए । उनले चिकित्सा शिक्षा विधेयक परिमार्जनका लागि अनसनमा बसेका डा.गोविन्द केसीलाई विधिको पालना गर्न आग्रह समेत गरे ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले डा. केसीसँग भएको सम्झौता अनुसार नै चिकित्सा शिक्षा विधेयक आएको जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?