शंकास्पद अवस्थामा मृत भेटिए सिमेन्ट उद्योगका व्यवस्थापक


सुरुङ्गा । झापाको भद्रपुर नगरपालिका–९ स्थित मनषा सिमेन्ट उद्योगका व्यवस्थापक शंकास्पद अवस्थामा मृत भेटिएका छन् ।

हातखुट्टा बाँधिएको अवस्थामा शनिबार बिहान व्यवस्थापक कमल दुगडलाई मृत भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालका अनुसार भारत पटना घर भएका ६१ वर्षीय दुगड तीन वर्षदेखि उक्त सिमेन्ट उद्योगमा काम गर्दै आएका थिए ।

उक्त उद्योगको सञ्चालक पर्शुराम अग्रवाल हुन् ।

व्यवस्थापक नै शंकास्पद अवस्थामा मृत भेटिएपछि प्रहरीको कुकुर शाखा धरानबाट कुकुर ल्याएर अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख ढकालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?