चट्याङबाट दशजना घाइते


हेटौंडा । मकवानपुरमा दुई स्थानमा शुक्रबार राति र शनिबार बिहान परेको चट्याङले दशजना घाइते भएका छन् ।

भीमफेदी गाउँपालिका र राक्सिराङ गाउँपालिकामा भिन्दाभिन्दै समयमा परेको चट्याङबाट दशजना घाइते भएका हुन् ।

भीमफेदी गाउँपालिका ९ भदौरेमा शनिबार बिहान चट्याङ लागेर पाँचजना घाइते भएका छन् । यस्तै पश्चिमी मकवानपुरको राक्सिराङ गाउँपालिकामा चट्याङका कारण शुक्रबार साँझ पाँचजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चट्याङ लागेर भीमफेदीमा एक बालकसहित पाँचजना घाइते भएका छन् ।

घाइते हुनेमा १२ वर्षीय सफल उप्रेती, ५० वर्षीया पार्वती पराजुली, ६० वर्षीय आनन्दराम पराजुली, ३० वर्षीया सुनिता प्रजा र ४० वर्षीय कृष्णबहादुर प्रजा रहेका छन् ।

घाइते मध्ये कृष्णबहादुर प्रजाको हेटौंडा अस्पतालमा र अरुको भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार चट्याङका कारण राक्सिराङ गाउँपालिका १ भूमिथुमका ५ जना घाइते भएका छन् ।

घाइते हुनेमा स्थानीय सुन्तली थिङ, बीरबहादुर बल, बसन्त बल, ठूलीमाया र १ वर्षको बालक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए।

राक्सिाराङमा १५ जनालाई चट्याङ लागे पनि अरुको अवस्था सामान्य रहेको उनले जनाएको छ । चट्याङले तीन घरमा क्षति पुगेको छ भने पाँच पशुचौपाया मरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?