डा.केसीको जीवन रक्षाको माग राख्दै इटहरीमा सामुहिक अनसन


काठमाडौं । १८ दिनदेखि असनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग राख्दै सुनसरीको इटहरीमा सामुहिक अनसन शुरु गरिएको छ ।

लिवरल सोसाइटीमा आवद्ध युवाहरुले केसीको जीवनरक्षामा सरकारले गम्भिरता नदेखाएको भन्दै अनसन शुरु गरेका हुन् ।

सोसाइटीका अध्यक्ष सुबेच्छुक देवान राईसहितका युवाहरुले इटहरीको रेयुकाई चौतारीमा २४ घण्टे अनसन बसेका छन् । माग पुरा नगरिए थप अन्य रचनात्मक संघर्षका कार्यक्रम गर्ने युवाहरुले चेतावनी दिएका छन् ।

संस्थाका अध्यक्ष देवानले गरिब जनताका लागि लडेका केसीसँगको सम्झौतालाई सरकारले लत्याएकाले उनकै समर्थनमा अनसन थालिएको जानकारी दिए ।

चिकित्सा शिक्षा विधेयक शुक्रबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधकाबीच प्रतिनिधिसभाबाट पारित भएको छ ।

आफूसँग गरिएको सम्झौताविपरीत पास गर्न लागिएको भन्दै डा.केसी गत पुस २५ गतेबाट इलाममा आमरण अनसन शुरु गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?