करेन्ट लागेर ज्यान गुमाएका परिवारलाई नगरपालिकाले सहयोग गर्ने


सिन्धुली । जन्ती बोकेको बसमा करेन्ट लागेर मृत्यु भएका परिवारलाई नगरपालिकाले २० हजार रुपैयाँ किरिया खर्च दिने भएको छ ।

जिल्लाको जितपुरका रामबरण कुमर दनुवारको विवाहको जन्ती बोकेको बस बेहुली लिएर फर्किँदै गर्दा गत शुक्रबार साँझ धनुषा जिल्लाको सबेला नगरपालिका–४ बल्टियामा बिजुलीको पोलमा ठोकिएर करेन्ट प्रवाह हुँदा ६ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो ।

दुधौली नगरपालिकाका घनश्याम राउतका अनुसार जन्ती जाँदा करेन्ट लागेर ज्यान गुमाएका जितपुर निवासी ४५ वर्षीय रामबाबु अधिकारी दनुवार, २० वर्षीय पुजा अधिकारी दनुवार, १७ वर्षीया लिला अधिकारी दनुवार, १० वर्षीय सुरजर ९ वर्षीय आकोस कुँमर दनुवारको परिवारलाई सहयोग गर्ने घोषणा गरिएको हो ।

 

दुर्घटनामा सबेला नगरपालिका–४ बल्टिया निवासी ५० वर्षीय केसमदेवी कुमरको पनि ज्यान गएको थियो ।
जितपुर निवासी मृतक सबैको शनिबार कमला नदीमा परम्परा अनुसार सामूहिक रुपमा दाह संस्कार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?