प्रदर्शनमा नेविसंघका २१ जना कार्यकर्ता पक्राउ


काठमाडौं । सरकारविरुद्ध विरोध प्रदर्शनमा उत्रिएका नेवि संघका २१ जना कार्यकर्ता पक्राउ परेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले आइतबार बिहान देशभरका क्याम्पस अगाडि विरोध प्रदर्शन र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको थियो ।

 

दिउँसो नयाँ माइतीघरबाट शुरु भएको विरोध प्रदर्शन बानेश्वरमा गएर सकिएको थियो ।  प्रमुख प्रतिपक्षी दल कांग्रेसको विरोधकाबीच चिकित्सा शिक्षा विधेयक पारित गरिएको, कांग्रेसका पूर्वसभापतिहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा स्थापना भएका अस्पताललाई विघटनको प्रक्रियामा लगेको भन्दै नेविसंघ सरकारविरूद्ध आन्दोलनमा उत्रिएको छ ।

 

प्रदर्शनका क्रममा प्रहरीले बानेश्वरबाट नेविसंघ उपाध्यक्ष पवन यादवसहित २१ जना नेविसंघका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा नेविसंघकी सहमहामन्त्री अम्बिका चलाउने, नेताहरु गीता गुरुङ, खड्क सुब्बा, चन्द्र विक, सुमन पाण्डे, मेघा शाही, प्रेमिका राना, प्रेम शाही, पूजा फुयाल, विजय फुलारा, सञ्जिव श्रेष्ठ, सन्जय कार्की, सुशील देउजा, सृजना मल्ल, अशोक विष्ट, सञ्जिव ढकाल, लोकेन्द्र शाही रहेका छन् ।
उनीहरुलाई प्रहरीले बानेश्वर प्रहरी वृत्तमा राखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?