सिफलमा शहीद माथेमाको सम्झना


काठमाडौं । शहीद धर्मभक्त माथेमालाई मृत्युदण्ड दिएको स्थान सिफलमा आइतबार उनको सालिकमा पुष्पगुच्छा अर्पण गरी सम्झना गरिएको छ ।

काठमाडौं महानगरपलिकाले आयोजना गरेको शहीद सप्ताह कार्यक्रमको दोस्रो दिन माधेमाको सम्झना गरिएको हो । कार्यक्रममा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले विधिको शासनले शहीदको सपना पूरा हुने बताउँदै शहीदको सपना पूरा गर्न समृद्धि र स्वाधिनताका लागि काम गर्नुपर्नेमा जोड दिए ।

महानगरको वडा नं ७ का वडाध्यक्ष शुद्धकुमार डंगोलले पदीय दायित्व बमोजिमको जिम्मेवारीले मात्र शहीदको सपना पूरा हुने बताए ।

विसं १९९७ माघ १३ गते काठमाडौंको सिफलमा रहेको बकाइनोको रुखमा झुण्ड्याएर माथेमालाई मारिएको थियोे ।
विसं १९६६ आश्विन १ गते काठमाडौंको ओमबहालमा जन्मेका माथेमालाई तत्कालीन शासकको विरुद्धमा गतिविधि सञ्चालन गरेको आरोप लगाई मृत्मुदण्ड दिइएको थियो ।

स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते, गंगालाल श्रेष्ठ एवं दशरथचन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।

शहीद सप्ताहको अवसरमा काठमाडौं महानगरपालिकाले साताव्यापी कार्यक्रम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?