‘मिसेस व्यूटी क्विन २०१९’को ताज शान्तिलाई


काठमाडौं । ‘लेट मिइन मिसेस ब्यूटी क्विन २०१९’को ताज काठमाडौं धुम्बाराहीकी २९ वर्षीया शान्ति लिम्बूले पहिरिएकी छन् ।

कमलादीस्थित शनिबार राति प्रज्ञा भवनमा भएको फाइनल प्रतिस्पर्धामा उत्कृष्ट २२ प्रतियोगीलाईपछि पार्दै लिम्बूले ताज जितेकी हुन् ।

योसँगै उनले ‘पर्सनालिटी अवार्ड’समेत प्राप्त गरिन् । सिजन मिडियाको आयोजनामा भएको मिसेस ब्यूटी क्वीन नेपालको दोस्रो संस्करणको प्रतियोगितामा २२ प्रतियोगीमध्ये छानिएका उत्कृष्ट १० आमालाई ‘तपाईंको विचारमा सफल वैवाहिक जीवनका लागि महत्वपूर्ण कुराहरू के हुन सक्छन’ भनेर प्रमुख निर्णायक प्रतापराज वन्तले सोधेको जिज्ञासाको जवाफमा प्रतियोगी नम्बर २४ की लिम्बुले भनिन्, ‘मेरो विचारमा सफल वैवाहिक जीवनमा आपसी समझदारी, एकअर्काको स्तन्त्रताको सम्मान, विश्वास, माया, एकअर्काको हरेक कुरामा सहकार्य, यो कुराको कमी भयो भने वैवाहिक जीवनमा हिंसाको बास हुनसक्छ ।’

यही जवाफले आठ निर्णायकको मन जितेर उनले ताज पहिरिएकी हुन् । उनलाई यस अघिकी मिसेस ब्यूटी क्वीन सदीक्षा अर्यालले ताज पहिर्‍याएकी थिइन् ।

ताजसँगै उनले नगद ५० हजार रुपैयाँ र लेट्स सुजुकी स्कुटरसहित दुबई यात्राको दोहोरो हवाई टिकट पाएकी छिन् ।
प्रतियोगितामा काठमाडौं ज्ञानेश्वरकी ३० वर्षीया मनिशा विमली फष्ट रनर अप र काठमाडौं सानो भर्‍याङकी ३५ वर्षीया जयन्ती गौतम सेकेन्ड रनर अप हुन सफल भएकी छन् ।

त्यसैगरी क्रमस थर्डरनरअप पार्वती खत्री, फोर्थ रनरअप विजया काफ्ले, क्रमस प्रमिला मण्डारी, कल्पना आचार्य,मेनुका श्रेष्ठ, समेनु बराल र नवौं रनरअप अम्विका थापाले हात पार्न सफल भए ।
प्रतियोगितामा पुजा रसाईलीले व्यूटिफूल अर्वाड, शोभा गिरीले कन्फिडेन्ट अवार्ड र सुस्मिता गिरिले एन्जल हर्ट अवार्ड प्राप्त गरे ।

यस्तै कविता ओझाले क्रियटिभ अवार्ड, अम्विका थापाले भ्यूअर्स च्याईस अवार्ड र चेसाङ लामाले मोष्ट पपुलर, अर्गनाजर च्वाईस र मल्टिमिडिया अवार्ड प्राप्त गरे ।

यस्तै लिडरसीपमा कल्पना आचार्य, वेष्ट वाकमा रमा तिमिल्सिना, फ्रेण्डसिपमा रिजा श्रेष्ठ, फोटोजेनिकमा प्रमिला भण्डारी, वेष्ट स्किनमा अप्सरा बस्नेत, वेष्ट डिसिप्लिनमा अमृता थापा, मष्ट ट्यालेन्टेडमा पार्वती खत्री, पर्सनालिटिमा ताज विजेता शान्ति लम्बु, फिटनेशमा जया बुढाथोकी र वेष्ट स्माइलमा कुन्दिका चौलागाईंले अवार्ड प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?