घुस मागेको आरोपमा अख्तियारमा कार्यरत प्रहरी सहायक निरीक्षक पक्राउ


बाँके । घुस मागेको आरोपमा अख्तियार कार्यालय सुर्खेतमा कार्यरत एक प्रहरी सहायक निरीक्षक पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयको टोलिले सहायक निरीक्षक जन्म अधिकारीलाई १ लाख रुपैयाँ घुस माग गरेको आरोपमा आइतबार पक्राउ गरेको हो ।

अधिकारीले आयोगमा अनुसन्धान भइरहेको मुद्दा तामेलीमा राखिदिने भन्दै विभिन्न बहाना बनाएर सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा बाँकेको चिसापानी नजिकैबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

अधिकारीलाई आइतबार साँझ नै विमानमार्फत काठमाडौं लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?