पूर्वयुवराज पारस अस्पताल भर्ना


काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । छाती दुख्ने समस्या देखिएपछि उनलाई काठमाडौंस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो ।

उनको आकस्मिक कक्षमा मुटुरोग विशेषज्ञ डा.यादवदेव भट्टको निगरानीमा उपचार भइरहेको छ ।

अस्पताल स्रोतका अनुसार पासरलाई देखिएको लक्षणका आधारमा उनलाई माइनर हृदयाघात भएको हो । उनको आवश्यक जाँच भइरहेको र रिपोर्ट आउन बाँकी रहेको अस्पतालले बताएको छ ।

यसअघि उनलाई दुईपटक हृदयाघात भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?