जीपी र सुशील कोइराला अस्पताल केन्द्रकै मातहतमा रहने


काठमाडौं । सरकारले कांग्रेसका दिवंगत दुई नेताका नाममा रहेको अस्पताल केन्द्र सरकारकै मातहतमा राख्ने भएको छ ।

मन्त्रिपरिषद बैठकले कांग्रेसका पूर्व सभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका जीपी कोइराला राष्ट्रिय

श्वासप्रश्वास उपचार केन्द्र, तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई केन्द्र सरकारकै मातहतमा राख्ने निर्णय गरेको हो ।

यसअघि सरकारले दुबै अस्पताल प्रदेश सरकारको मातहतमा राख्ने निर्णय गरेको थियो ।

सो निर्णयको विरुद्धमा प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरोधका साथै सडक आन्दोलन गर्ने घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?