प्रधानमन्त्री निवासअघि सिठी जुलुस गर्ने नेवि संघका कार्यकर्ता पक्राउ


काठमाडौं । प्रधानमन्त्री निवासअघि सिठी जुलुस गर्ने आधा दर्जन बढी नेपाल विद्यार्थी संघका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चिकित्सा शिक्षा विधेयकको विरोध तथा नेपाली कांग्रेसका पूर्व सभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पतालको खारेजी गर्ने सरकारको निर्णयको विरोध गर्दै नेविसंघले सिठी जुलुस निकालेको हुन् ।

जुलुसमा सहभागी नेविसंघका पुर्व केन्द्रीय सदस्य गणेश सापकोटा, केन्द्रीय सदस्य सशील भट्ट, निरञ्जन थापासहितका आधा दर्जनभन्दा बढी विद्यार्थीहरु पक्राउ परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?