नेपाल—भारत मित्रता र छिमेकको गणतन्त्र उत्सव


भारतले यो हप्ता उसको ७० औ गणतन्त्र दिबस मनाएको छ । बिश्वको बिशाल लोकतन्त्र भारतले आजको दिनमा बिश्वलाई नै लोकतन्त्र र अहिसाको बलियो सन्देश दिएको छ यो नै आजको भारतको बिश्वको पहिचान हो । अग्रेजहरुको दासताबाट छिमेकी देशले मुक्ति पाएको यो स्मृतिले हरेक नेपाली नागरिकलाई पनि गौरब गराउंछ किनभने हिजोको नेपाली पुस्ताले आजको भारत स्वतन्त्र गराउनकालागि भारतमै पढेर पनि भारतीय स्वतन्त्रताकालागि लडेको थियो , त्यसैले आजको दिनमा नेपाल भारतको स्वाभिमान र लोकतन्त्रमा खुसी हुनै हैसियत पनि राख्छ , त्यो नेपाली जनताको पनि दाबी होृ । यो नेपाललाई भारतको अतितले दिएको उपहार पनि हो । उसले सात दशकमा आइपुग्दा लोकतन्त्रसंगै गरेका आर्थिक उपलब्धीहरु सबैका अगाडि छन । बहुआयामिक देश भारतले बिश्वको बिशाल आर्थिक शक्तिको रुपमा आफुलाई उभ्याएको छ त्यो पनि लोकतन्त्ररुपी सुन्दर गहना लगाएर । नेपाल र भारतको सम्बन्ध आजको होइन यो हिजोको सीतारामको समयदेखि नाता जोडिएको दिनदेखिको सम्बन्ध हो । त्यसैले यो सम्बन्ध नेपालकालागि भारतका राजदूत मन्जीब पुरीले भने जस्तै बिश्वका अरु कुनै देशसंग तुलना गरिने सम्बन्ध होइन । नेपाल र भारतको मित्रता कुनै सरकारले बनाएको सम्बन्ध पनि होइन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही समय अगाडि नेपाल भ्रमणमा भने जस्तै नेपाल भारत सम्बन्ध भूगोल संस्कृति समाजले मात्र होइन हिमालय र गंगाले बनाएको सम्बन्ध पनि हो । यो इतिहासको लामो अध्यायले बनाएको मित्रता हो , जसलाई कसैले चाहेर पनि तोडन सक्दैन । नेपाल र भारतबीचको सम्बन्ध दुइ देशका जनताको मात्र होइन यसका भौगोलिक समानता ,सांस्कृतिक एकता र सामाजिक एकताले स्थापित गरेको सम्बन्ध हो । नेपाल र भारतका बीचको सम्बन्धमा कुनै हिमालयका पर्खालहरु छैनन जसले यताको हाबा यतै रोकोस र उताका हाबा उतै रोकोस । नेपाल र भारतको सीमामा दुबै देशको हाबा दुबै देशमा बहन्छ त्यसैले पनि यसको निकटताको मापन अरुसग तुलना हुन सक्दैन । त्यतीमात्र होइन इतिहासमा भगबान बुद्धले नेपालमा जन्म लिएपनि उनले ज्ञान भारतको गयामा प्राप्त गरेका थिए त्यस्तै भारतको पबित्रभूमि अयोध्याका राजा रामले अयोध्यामा जन्म लिएपनि नेपालको जनकपुरमा आएर उनले सीतासंग बिबाह गरेर जुन इतिहास रचे त्यसको आफनै सभ्याता रहेको छ र यो भगवानको इतिहासले पनि नेपाल भारत मित्रताको यो पाटोलाई रोमान्चक बनाएको छ अर्र्थात एकअर्कालाई एउटै गाठोमा बाधेको छ । सीतारामको त्यो मिलनले नेपाली तथा भारतीय सभ्यतालाई आजका दिनमा झन गौरबमय बनाएको छ जुन आजको सत्य पनि हो आजका दिनमा सबैले सोच्ने कुृुरा के हो भने मित्रताको नया अध्यायमा लोकतन्त्र दुबै देशको समान धर्म बनोस । आजका नेपाल र भारत पूर्बीय सभ्यताको पबित्र देबभूमिमात्र होइनन आयार्नसंस्कृतिको धरोहरको रुपमा आफनो इतिहांसनै े बनाएको पबित्र भूमि पनि हुन । भगबान बुद्ध र सीता जन्मेको यो पाबन भूमिमा खुल्ला सीमाना भएको एकमात्र दक्षिणी बिशाल लोकतन्त्र भारतको प्रधानमन्त्री मोदीले केही समय अगाडि आएर नेपाली जनताको मन जितेर गएका थिए । यो नेपाली जनताकालागि उत्साहको बिषय पनि हो आशा गरौ केही साना तिना अबरोधले नेपाली र भारतीय जनताको बीचमा रहेको सम्बन्ध सुमधुर नै हुनेछ । नेपालको छिमेक जो जनसंख्याका दृष्टिले बिश्वको बिशाल लोकतन्त्र समेत हो त्यो नेपालको लोकतन्त्र र बिकासकालागि एउटा खुल्ला बजार र मौका पनि हो जुन कुरा केही समय अगाडि भारतको प्रधानमन्त्री नरेन्द्र मोदीले सबैका अगाडि दोहोराएका थिए । सोमनाथको भूमि हुदै बिश्वनाथको गंगादेखि पशुपतिनाथको बागमतिमा धेरै पानी बगेको अबस्था छ । एशियाको राजनीतिमा पनि त्यस्तै अबस्था आएको छ एशियामा आतंकबादले नया रुपहरु लिएको अबस्था छ त्यो पृष्ठभूमिमा नेपालले जिम्मेबारीका साथ आफुलाई उभ्याउनै पर्छ । भारतको दुश्मन नेपालको मित्र हुन सक्दैनन यो हिजो आज र भोलि पनि खुल्ला सत्य हो र यो नेपालको बिदेश नीतिको आधारशीला बन्नु पर्छ किनकी नेपाल र भारतबीच खुल्ला सीमा भएको कारण भारतले नेपालबाट यति अपेक्षा गरेको अबस्थामा त्यो उसको अपेक्षा स्वाभाबिक हो । त्यसैले त्यो बगेको पानीमा नेपाल भारत सम्बन्धलाई धमिल्याउने धेरै कुडाकर्कट बगेर गए होलान भन्ने बिश्वास गर्दै नेपालमा नया उज्यालो र बिहानीको कल्पनामा हामीले नया अध्यायहरुको खोजी गर्नु पर्ने हुन्छ नेपाल भारत सम्बन्धमा नेपाली लोकतन्त्रले भारतीय लोकतन्त्रको मर्म बुभmयो भने त्यो असम्भब पनि होइन त्यस्तै भारतीय लोकतन्त्रले पनि नेपालको आर्थिक बिकास र साझेदारीमा नेपाललाई दिल खोलेर सहयोग गर्नु पर्छ ताकि भारतको छिमेकी भएका नाताले नेपालले बिश्वमा गर्ब गर्ने मौका पाओस ।
हिजोका दिनमा नेपाल भारत सम्बन्धलाई जनस्तरमा धमिल्याउन खोज्नेहरु पनि पछिल्लो दिनमा भारतका प्रधानमन्त्री मोदीले उनको कार्यकालको हरेक समय सकारात्मक सन्देश दिएका कारण आजको दिनमा पश्चातापको भाषा बोल्दैछन यो नेपाल भारत सम्बन्धमा नया आरम्भ पनि हो । हिजोका दिनमा जलस्रोत समेत पञ्चेश्वर परियोजनाको बिरोध गरेर देशमा आतंक मच्चाउनेहरु पनि आज त्यो परियोजना नेपालको हितमा रहेको दाबी गरिरहेका छन उनीहरु पनि यो काम गर्न ढिलाई गर्नु हुदैन भनिरहेका छन । यस पृष्ठभूमिमा भारतका नया प्रधानमन्त्री नरेन्द्र मोदीले आफनो प्रधानमन्त्रीको शुरुवातमै सार्कको एक सदस्य राष्ट भुटानपछि नेपालको भ्रमण गरेर नेपालसंगको मित्रतालाई उच्च महत्व दिएको कुरा इतिहास बनिसकेको छ । यो पछिल्लो दिनमा उत्साहकोृ कुरा हो ।
सोमनाथको भूमिदेखि बिश्वनाथ हुदै जनकपुर सम्म मुक्तिनाथ देखि पशुपतिनाथसम्मको मोदीको यात्राको राप नेपाल भारत सम्बन्धमा पनि बहुआयामिक छ यो राप र तापको मित्रता भूगोल संस्कृतिले मात्रै होइन एउटा समान सभ्यताको मित्रताको रुपमा पनि अनुमोदन गरेको छ ।
दक्षिण कोरिया देखि जापानसम्म अरबदेखि खाडीका देशसम्म आफनो रोजगारीकालागि लामो लाइनमा बसेको नेपाली पुस्ताले नेपाली गणतन्त्रलाई प्रश्न सोध्न थालेको छ । किनकी आजको युबा जमात हिजोको जस्तो उधारो आश्वासन चाहंदैन । आजको नेपाली युबाहरुले अगाडि बढन खोजेको छ उ भित्र पनि मेरो देश बिश्वको बस्न लायक देश हो भन्ने घमण्ड बढदैछ । उसले बिजुलीमा चल्ने रेल देखेको छ त्यो मेरो देशमा किन सम्भव छैन भन्ने प्रश्न गर्न थालेको छ । उसले बिदेशमा ठूला ठूला राजमार्ग पनि देखेको छ उसले जल उर्जाले बिदेशमा चलेका ठूला ठूला उद्योग पनि देखेको छ । उसले छिमेकी भारतमा एकलाखमा पाइने टाटा नानो देखेको छ तर उसले नेपालमा एउटा मोटरसाइकलाई त्यसको दोब्बर मूल्य तिरिरहेको छ त्यो पनि त्यो युवाको आक्रोश बन्न थालेको छ उसले टाटा नानो उधोगलाई उर्जाको अभाब नहुने हो भने उसको देशमा नै बन्छ भन्ने उसले बुझेको छ । त्यतीमात्र होइन उसले आठलेनको सडक पनि देखेको छ त्यो पनि उर्जाको ब्यापार गरेर धन आर्जन गर्ने हो भने यो देशमा आफनै कमाइले नै बन्छ भन्ने बुझेको छ । उर्जाको धनी देशको बासिन्दा भएकोले उर्जाले चल्ने रेल पनि मेरो देशमा चल्छ भन्ने कुरा त्यो आजको नेपाली युबाले बुझेको छ । यो रोडम्यापको कल्पना गर्ने नेपाली युबाले आजका दिनमा नेपाल भारत सम्बन्ध सुमधुर गरेर एक अर्काबीच सहयोग आदान प्रदान भएको देख्न चाहेको छ । त्यो पुस्ता आफनो बारेमा सोच्दैछ त्यसैले त्यो युबाले आजको भारतमा जे देख्दैछ त्यो उसको देशमा पनि देख्न चाहन्छ । भारतीय गणतन्त्र दिबसले नेपाल भारत मित्रतामा आर्थिक सहयोगका ढोका खोल्न सहयोग गरोस यो नै आजको दिनमा बिशाल लोकतन्त्र भारतबाट नेपालले गरेको अपेक्षा हो । भारतले नेपाललाई लोकतन्त्रको बाटोसंगै आर्थिक क्षेत्रमा सगसगै लैजान सहयोग गरोस । यो नेपाली युबाहरुको मनभित्र रहेको आशा हो । पछिल्ला दिनमा नेपाल भारतबीचका आर्थिक सहकार्यले सबैलाई उत्साहित बनाएको छ र यसको गति बढोस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?