योगज्ञान र आजको बिज्ञान


युगनाथ शर्मा पौडेल


आजको बिश्व समाजमा अशान्ति र हाहाकार बढेको मात्र होइन एक मानबले अर्को मानबलाई दुश्मनको रुपमा हेरेर समाजलाई नै बिभाजित गर्ने सम्मका कामहरु पनि भइरहेका छन त्यो बिभाजनलाई रोक्नु हरेक मानबताबादीको दायित्व हो । त्यो दायित्व पुरा गर्ने एकमात्र माध्यम योग हुन सक्छ तर आजको दिनमा बिश्वका सरकारहरु समेत यो शान्ति स्थापनाको अभियानमा असफल भएको बेलामा यसबारे घनिभूत बहस कसरी अगडि बढन सक्ला ? यो एउटा चिन्ता हो । समाजमा एक प्रकारको आतंक निरन्तर देखिएको छ चाहे जुनसुकै कारणले होस आजको मानबले शान्ति प्राप्त गरेको छैन यो नै युगको सत्य हो । आजको भौतिकबादी समाजका मानिसहरुमा धेरै नै अस्वाभाबिक आशक्तिका लक्षण देखिएको मात्र होइनन चेतनाको अभावमा उनीहरु कुण्ठाग्रस्त जीवन बिताइरहन बिबश पनि छन । आजको यो अबस्थाले मानब सभ्यतामाथि नै प्रश्न उठाउने अबस्था आएको त होइन ? भन्ने सम्मका प्रश्नहरु पनि उठेका छन जुन अस्वाभाबिक होइन किनकि मानिसहरु भित्र देखिएको लोभ मोह अभिमान अहंकार क्रोधले कुनै भयानक प्रलय त निम्त्याएको होइन ? यो आशंका गलत होइन यसका आधारहरु पनि बन्दै गएको देखिन्छ । आजको दिनमा बिश्व समाजले उनीहरुको दिनचर्याको बारेमा सोच्ने हो भने किटान गरेर भन्न सकिन्छ समाजले परिबर्तन ल्याउन सक्ने थियो तर त्यो काम अब कठिन बन्दै गएको अनुभूति हुन्छ । आजको बिभाजित बिश्व जहा केबल बियोगै बियोग मात्र देखिएको छ त्यसलाई मन बचन कर्मले सुधार्ने हो भने ती सबै बियोगीहरुलाई योगमा अभ्यस्त गराउनु जरुरी हुन्छ । तर यो गहन जिम्मेबारीको बारेमा कसले सोचिदिने ? यो आजको चिन्ताको बिषय हो । त्यसो त योग बिज्ञान पूर्बीय सभ्यताको एउटा अमूल्य धरोहर हो । यसको उपादेयता आजको दिनमा मानब कल्याणकालागि छ भन्ने कुरामा अब बिबाद रहेन तर आजको भौतिकबादी समाज यसको भित्री रहस्यको बारेमा उतीसारो ज्ञानी छैन धेरै ठूलो जमात यो रहस्यको बारेमा अज्ञानी नै छ यो नै आजको तनाबको कारण हो । यो रहस्यमयी योगको इतिहास भारतबर्षका साधु सन्त र योगाचार्यहरुको देन हो भन्ने कुरामा कुनै बिमती रहेको छैन यसलाई सम्पूर्ण बिश्वले स्वीकार गरेको छ । योग एैतिहासिक भारतबर्षको बिश्वसमाजलाई त्यस्तो उपहार हो जसको साधनाले समाधीको तत्वज्ञान प्रदान गर्दछ , जुृन पूर्बीय सभ्यताको सुन्दर गहना हो । ।जहा आजको मानब योगको माध्यमबाट आत्मासाक्षात्कार गर्दै परमात्मको प्राप्ती गर्न सक्छ । तर आजका दिनमा यो तर्क गर्ने साधु सिद्धयोगीहरुलाई हेर्ने यो लौकिक समाजको चश्माले परलोकको बारेमा सोच्नृे आट गर्दै गर्दैन । योगको इतिहासले आजको दिनमा पनि हामीलाई पूर्बीय सभ्यताको सन्तानको रुपमा गौरब गर्ने अबसर प्रदान गरेको छ । त्यसो त पछिल्लो समयमा नेपालको छिमेकी मित्रदेश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अनबरत प्रयासले राष्टसंघको महासभाबाट जुन २१ लाई अन्तराष्टिय योग दिबसको रुपमा मनाउने जुन अनुमोदन प्राप्त भएको छ केही समय अगाडि त्यो आजको पश्चिमी दबदबामा पूर्बीय सभ्यताको बिजय हा,े त्यसकालागि भारतीय प्रंधानमन्त्री नरेन्द्र मोदी बधाइका पात्र छन । हिन्दु ग्रन्थका अनुसार हिमवत खण्डको देबभूमि हामी नेपाली जनताका लागि पनि यो उपलब्धी सामान्य कूरा होइन जहा भगवान बुद्धदेखि लिएर राजा जनक र सीताको जन्म भएको थियो ।
त्यसो त योगको बारेमा हाम्रा ऋषिमुनीहरुले धेरै कुरा भनेका छन तर पनि उनीहरुले आजको समाजलाई चार मुख्यमार्गको बारेमा उल्लेख गरेका छन । जुन हुन ध्यानयोग,भक्तियोग , कर्मयोग र ज्ञानयोग । योगमा यम नियमको साथै आहार सुद्धताका को बारेमा पनि उल्लेख गरिएको छ । यदि आहार सुद्धता भएको अबस्थामा स्मृति स्थिर हुन्छ र त्योबाटोबाटै मोक्षको उज्यालो आरम्भ हुन्छ । तर आजको दिनमा हामीले आफनो बारेमा सोचेका छैनौ र दिनभरको दौडधुपमा आफनो जीवन ब्यर्थमा बिताएका छौ । भगवानले हामीलाई इश्वरले पनि डाहा गर्ने मानब शरिर दिएर पनि हामीले त्यसको अर्थ बुझन नसकेको आजको अबस्था छ । परमात्माले हामीलाई दिएको अमूल्य शरिर कौडीको भाउमा बर्बाद गरेर जीवन बिताएका छौं । यो त्यसकालगि आएको शरिर थिएन । योगाचार्यहरुको मत अनुसार आजको मानबले महर्षी पतञ्जलीले दिएको अष्टाग योगको अभ्यास गर्छ भने उसले उसको जीवनमा त्यस्तो आत्मा साक्षात्कार गर्न सक्छ जहाबाट मोक्षको ढोका खुल्न सक्छ तर त्यसकालागि ध्यान एउटा अनिबार्य सर्त हो । योगी सन्त साधुहरुले योगका बारेमा जे बताएका छन त्यसलाई मन बचन र कर्मले निरन्तर साधना गर्ने हो भने उनीहरुलाई अलौकिक जगतको बारेमा पनि ज्ञान प्राप्त हुन सक्छ भन्ने कुरा स्वय सिद्धयोगीहरुको अमृतबाणीमा सुन्न पाइन्छ । कुनै पनि मानबले भगवानसंग आत्म साक्षात्कार हुनकालागि महर्षी पतञ्जलीको अष्टांग योगको पालना गर्नु जरुरी रहेको योगाचार्यहरुको निष्कर्ष रहेको छ । त्यसकालागि यम नियम आसन प्राणायाम प्रत्याहार धारणा र ध्यानलाई मुख्य माध्यम बनाएर नै हामीहरु समाधिस्थ हुन सक्छौ भन्ने उनीहरुको निष्कर्ष रहेको छ ।
योगाचार्य तथा साधुको मत अनुसार योगको लक्ष्य समाधी मार्फत मोक्ष प्राप्त गर्नु नै हो तर त्यो लक्षमा पुग्नकालागि लिइने बाटाहरु पनि धेरै प्रकारका छन ।योगरुपी मोक्षका बाटाहरु बिभिन्न देखिएका छन । जस अनुसार अष्टांगयोग, राजयोग, हठयोग,ज्ञानयोग, भक्तियोग, कर्मयोग , शरणागतियोग, समाधियोग, सिद्धयोग,अस्पर्सयोग, लक्षयोग, शिवयोग, भृगयोग, तारकयोग, श्रृजुयोग,जपयोग,बुद्धियोग,ध्यानयोग,प्रेमयोग,बिरहयोग मृत्युञ्जय योग, पूर्णयोग, हुन । यो क्रमलाई अझ अगाडि बढेर भन्नु पर्दा लययोग हठयोग राजयोग र तन्त्रयोगको समष्ठि रुप महायोग आजको युगमा पनि अस्तित्वमा रहेको छ । त्यसैले आजको दिनमा भौतिकबादी समाजले पनि यो सत्यलाई स्वीकार गर्नु पर्छ कि उनीहरुको सम्पूर्ण मुक्तिको बाटो बैराग्य अबस्थाको योग हो जहाको एउटा सानो प्वालबाट उनीहरुले संसार चियाउन सक्नेछन ।
त्यसो त भगवान कृष्णले गीतामा अर्जुनलाई योगको मर्म सम्झाउनु भएको मात्र थिएन त्यहा त्यसको रुपको ब्याखा पनि गर्नु भएको थियो । भगवान कृष्णले अर्जुनलाई भन्नुभयो हे अर्जुन जुन ब्यक्तिले योग वा साधनाको माध्यमले आफनो अन्तकरण जितेको हुन्छ र जसका सबै कामनाहरु शान्त भइसकेका हुन्छन उसलाई परमात्मा उ भन्दा पृथक र पर हुनुहुन्छ भन्ने लागेकै हुदैन । जसरी सबै कस निस्किएपछि शुद्ध सुन आफनो वास्तबिक स्वरुपमा रहन्छ त्यस्तै संकल्प बिकल्पको झगडा सकिएपछि स्वयम जीव नै परमात्मा हुन्छ । जसरी घैलो फुटेपछि घैलोभित्रको आकाश र बाहिरको आकाश एक अर्कासित मिल्न कतै जानु पर्दैन , त्यस्तै जसको मिथ्या देहाभिमान बिल्कुल नष्ट भएको हुन्छ उसलाई परमात्मा हुन केही गर्नु पर्दैन । उ त योग र साधनाको अन्तरचेतनाले पहिलेदेखि नै परमात्माको चेतनाले भरिएको छ । किनभने परमात्मा नै सर्बत्र ब्यप्त छन । गीतामा भगवान कृष्णका अनुसार त्यस्ता ब्यक्तिलाई चिसो तातोको प्रभाव , सुख दुखको बिचार वा मान अपमानको कुराको चासो नै हुदैन । जसरी सुर्य हिडेको बाटोमा प्रकाश भरिदै जान्छ त्यसरी नै त्यस्ता ब्यक्तिले उनीहरुलाई जे प्राप्त भएपनि त्यो उसैको अर्थात परमात्माको रुप ठान्छन । अर्थात त्यो परामात्माको रुप नै हो भनेर सोच्छन । भगवान कृष्ण गीतामा अर्जुनलाई अगाडि भन्नुहुन्छ


आरुरुक्षोर्मुनेयोगं कर्म कारणमुच्यते ।
योगारुढस्य तस्यैव शमः कारणमुच्यचे ।। ३।।

हे पार्थ यदि कर्मयोगरुपी पहाडको टाकुरामा पुग्नु छ भने कर्ममार्गरुपी खुडकिला कहिल्यै छोडनु हुदैन । यसमार्गमा हिडन शुरु गरेर पहिलो यम नियमरुपी आधार भूमिको योगासनरुपी गोरेटो समातेर प्राणायामरुपी ढिस्कोमाथि चढनु पर्छ ।यसपछि बीचको भागमा प्रत्याहार डांडो आउंछ जुन यति धेरै चिप्लो छ कि बुद्धिका गोडाहरु पनि चिप्लिन्छन ।त्यहां पुग्दासम्म हठयोगीहरुको दृढ संकल्प पनि टुटनेछ र गुल्टनेछन, तर अभ्यासको बलमा प्रत्याहाररुपी यो मध्य पहाडीमा बिस्तारै बिस्तारै बैराग्यको आश्रय पाइन थाल्दछ । यसरी प्राण र अपान वायुको बाहनामा चढेर धारणाको क्षेत्रमा पुग्नु पर्दछ । त्यसपछि यो क्षेत्र पार गर्दै तबसम्म हिडी रहनुपर्छ जबसम्म ध्यानको अन्तिमसिमानासम्म वा टाकुरासम्म आइपुगिदैन । त्यहां आइपुग्दा यो बाटो सकिन्छ र साथै प्रबृति र अभिलाशा पनि सकिन्छन किनभने यहीं आएर साध्य र साधन दुबै एक अर्कासित मिलेर एकरुप हुन्छन । यहां पुग्ने यस्तो सुन्दर भूमिमा योगी ध्यानस्थ भइहाल्छन । यो स्थानबाट अगाडि जाने कुरा नै रहदैन भने पछाडि जाने बाटोको त सम्झना पनि रहदैन । भगवान कृष्ण गीतामा अर्जुनलाई अगाडि भन्नुहुन्छ यो उपायले योगको साधाना गरेर जो मनुष्य उच्च अबस्थामा पुगेको हुन्छ म त्यसको लक्षण भन्दछु हे अर्जुन ध्यानपूर्बक सुन ।
जसको इन्द्रियहरुको घरमा बिषयहरुको आवात जावात हुदैन र जो आत्मबोधरुपी कोठामा शयन गरिरहेको हुन्छ , जसको मनलाई सुखदुख स्वयंले घचघच्याएपनि बिउझिदैन , जसले बिषय भोग अत्यन्त नजिक आएपनि चिन्दैन, इन्द्रियहरुलाई कुनै कर्ममा लगाएपनि कर्मफलको आशक्तिले जसको मनलाई छुदै छुदैन, जसले शरिर धारण गरेपनि माथि बर्णन गरे जस्तै रहन्छ । जसले बिउझेको मानिस झै सबै ब्यबहार गरे पनि निदाएको मानिस जस्तो क्रियाशून्य देखिन्छ उ नै योगमा निष्णात अर्थात कुशलसिद्ध छ भनेर बुझ ।
यसरी योगको बारेमा भगवान कृष्णले गीतामा भने जस्तै आजको युगले बुझने हो भने एउटा कुरा भन्न सकिन्छ यो युगले शान्तिको सास फेर्न पाउने थियो तर त्यसकालागि आजको मानव सभ्यताले धेरै आशक्तिलाई भने त्याग्नै पर्छ त्यसको लागि पनि धेरै नै पसीना बगाउनु पर्छ । बिश्व समाजले योग दिवस मनाइरहदा सबै मानब जातीमा यो प्रेरणा आओस भन्ने कामना गर्नु सबैका धर्म हो ।

[email protected]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?