अनसनरत डा.केसीप्रति सरकार संवेदनहीन : कांग्रेस


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अनसनरत प्रा.डा.गोविन्द केसीप्रति सरकार संवेदनहीन भएको बताएको छ ।

बुधबार दिउँसो पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी प्रवक्ता विश्वप्रकाश शर्माले २२ दिनदेखि अनसनमा रहेका सत्याग्रहीप्रति देखाउनुपर्ने संवेदनशीलता सरकारले देखाउन नसेकेको बताए ।

उनले भने, ‘डा. केसी सत्याग्रमा हुनुहुन्छ । सरकारले उहाँप्रति जस्तो व्यवहार प्रस्तुत गर्नु पर्दथ्यो त्यो नगरेर उहाँप्रति संवेदनहीन व्यवहार प्रस्तुत गरेको छ । यो विषय माघ २१ मा देशभर हुने विरोध सभामा उठाउँछौं ।’

शर्माले अनसनमा रहेका डा. केसीसँग वार्ता र छलफल गर्न सरकारले कुनै तत्परता नदेखाएकोमा आपत्ति जनाए । प्रवक्ता शर्माले अनसनरत डा. केसीको जीवन रक्षाका लागि सरकारलाई आग्रह समेत गरे ।

उनले उत्तर कोरियाबाट टपक्क टिपेर ल्याएको कम्युनिष्ट सरकार जस्तो मनोविज्ञान अनुभूति गर्ने अवस्था डा. केसीको सन्दर्भमा बनाइएको आरोप लगाए ।

प्रवक्ता शर्माले पूर्वसभापतिहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका अस्पतालाई केन्द्र सरकार मातहत ल्याउने सरकारले गरेको निर्णयबारे आफूहरुलाई औपचारिक जानकारी नगराएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?