श्रममन्त्री विष्टलाई लमजुङमा कालो झण्डा देखाइयो


लमजुङ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलाई लमजुङ सदरमुकाम बेसीशहरमा कालो झण्डा देखाइएको छ ।

जिल्ला प्रशासन कार्यालयबाट कार्यालय प्रमुखहरुलाई निर्देशन दिएर बाहिरा निस्कने क्रममा बुधबार साँझ नेपाल विद्यार्थी संघ लमजुङ(नेवि संघ) ले कालो झण्डा देखाएको हो ।

नेविसंघले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई पक्राउ गर्न र वाइडबडी विमान खरिदमा भएको भनिएको भ्रष्टाचारको छानविन गर्न माग गर्दै आएका छन् ।

सरकारले बहुमतको बलमा संसद्बाट जबरजस्ती चिकित्सा शिक्षा विधेयक पारित गरेको भन्दै नेविसंघले विरोध गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?