दुर्घटनामा २१ यात्रु घाइते


लमही । दाङमा सवारी साधन दुर्घटना हुँदा २१ यात्रु घाइते भएका छन् ।  जिल्लाको लमही नगरपालिका–९ रिहार नजिकै बुधबार यात्रुबाहक बस र ट्रक ठोक्किएको हो ।

दुर्घटनामा घाइते भएकामध्ये ९ जनालाई उपचारका लागि नेपालगञ्ज अस्पताल कोहलपुर लगिएको छ भने अन्य १२ जनाको लमही अस्पतालमा उपचारपछि घर फिर्ता गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

नेपालगञ्जबाट घोराहीतर्फ आउँदै गरेको ना ५ ख २७९९ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख १२८२ नम्बरको ट्रक ठोक्किँदा ट्रक चालक र बस चालक गम्भीर घाइते रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?