विदेशी मुद्राको विनिमयदर


काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार अमेरिकी डलर १ को खरिददर १ सय १३ रुपैयाँ ४८ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ०८ पैसा छ ।

साउदी रियाल १ को खरिददर ३० रुपैयाँ २६ पैसा र बिक्रीदर ३० रुपैयाँ ४२ पैसा तोकिएको छ । कतारी रियालको भने भाउ घटबढ भएको छैन । मंगलबारजस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३३ पैसा तोकिएको छ ।

बुधबार यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९० पैसा र बिक्रीदर ३१ रुपैयाँ ०६ पैसा तोकिएको छ ।  बुधबार मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ६० पैसा र बिक्रीदर २७ रुपैयाँ ७४ पैसा तोकिएको छ ।

बुधबार कुवेती दिनार १ को खरिददर ३ सय ७४ रुपैयाँ २३ पैसा र बिक्रीदर ३ सय ७६ रुपैयाँ २० पैसा तोकिएको छ ।
बहराइन दिनारको एकको खरिददर ३ सय १ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३ सय २ रुपैयाँ ६१ पैसा तोकिएको छ ।

बुधबार कोरियन वन एकसयको खरिददर १० रुपैयाँ १५ पैसा र बिक्रीदर १० रुपैयाँ २० पैसा तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?